नियम १३
आयोजना कार्यान्वयनको जिम्मेवारी
: (१) नियम १२ बमोजिम कार्यान्वयनको लागि प्राप्त भएका आयोजना समयमा कार्यान्वयन गर्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।
(२) प्रमुख प्रशासकीय अधिकृतले यस नियमावली बमोजिमको आयोजनालाई
प्राथमिकता दिई तदारुकताकासाथ कार्यान्वयन गर्नु पर्नेछ ।
(३) प्रमुख प्रशासकीय अधिकृतले आयोजना कार्यान्वयनको वित्तीय तथा भौतिक
प्रगतिको जानकारी नियमित रुपमा निर्देशक समिति र संयोजकलाई दिनु पर्नेछ ।